हायसबाट लडेर दमकमा युवाको ज्यान गयो

दमक,७ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ४ स्थित सडकखण्डमा सवारी दुर्घटनामा परेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा,कमल गाँउपालिका ५ का २१ बर्षिय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार गएराती ९.३० बजे तिर बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुरयाँईएकोमा उपचारको क्रममा राती पौने १२ बजे तिर मृत्यु भएको थियो ।
प्रहरीले हयाससहित त्यसका चालक धनकुटा नगरपालिका १० का २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोरङको लेटाङ नगरपालिका वडा नं ३ कमलपुरस्थित लेटाङ–कानेपोखरी भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.न. १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकल खाल्डोमा परेर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार सोही नगरपालिका वडा नं ५ खेरुवाका २७ बर्षिय जिवन लिम्बुको मृत्यु भएको हो ।
ट्राफिक प्रहरीका अनुसार चालक अजित लिम्बुको अवस्था सामान्य रहेको छ । मंगलवार राती भएको सो दुर्घटनाका घाईते लिम्बुको उपचारका लागि विराट मेडिकल कलेज पठाइएकोमा उपचारका क्रममा रातीनै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.