बिर्तामोड ,७ पुस । किरात याक्थुङ चुम्लुङ झापा शाखालाई जग्गा र भवन प्रदान गर्ने दाता स्व. नरेन्द्र बहादुर आङबुहाङ र उनकी धर्मपत्नी कमलादेवी आङ्बुहाङको स्मृतिमा स्थापना गरिएको साहित्य पुरस्कार याक्थुङ÷लिम्बू भाषिक अभियन्ता खेलराज खेलराज योङहाङलाई प्रदान गरिएको छ ।
बिर्तामोडस्थित जिल्ला चुम्लुङहिममा आइतवार दाता आङ्बुहाङको ९८ औं जन्म—जयन्ती समारोहमा योङहाङलाई स्व. नरेन्द्र बहादुर—कमलादेवी आङबुहाङ स्मृति साहित्य पुरस्कार—२०८२ बाट नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।उनलाई चुम्लुङकी सङघीय सदस्य चन्द्रकला सुब्बाले सम्मान गरेको हो ।
पान्थरमा जन्म भई कचनकवल—७, झापामा कर्मथलो बनाई भाषिक अभियानमा लागेका योङहाङले २०५२ सालमा लिम्बू—नेपाली शब्दकोष प्रकाशन गरेका थिए भने २०५४ सालमा मुक्कुमबा इक्ला नामक याक्थुङ गीत सङगालो प्रकाशन गरेका छन् भने अन्य विभिन्न भाषिक र थरीय शब्दहरु सङकलन गरिआएका छन् ।
चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष हस्तबहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेका थिए भने सचिव भिममाया नेम्बाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।