भिरबाट लडेर एकको मृत्यु

झापा,७ पुस । भिरबाट लडेर अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय यमबहादुर लाय मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ करिब ७ बजे आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएपनि घर नफर्किएपछि खोजतलास गर्ने क्रममा सोही स्थानस्थित शान्ति सामुदायिक वनभित्र पर्ने अन्दाजी ७० फिट अग्लो भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.