सिंहदेवीले विभिन्न कार्यक्रम गरि मनायो बार्षिकोत्सव

दमक,७ पुस । झापाको दमक -१० मा रहेको सिंहदेबी माध्यमिक विद्यालयले करिव एक साता लामो विभिन्न कार्यक्रम गरि आफनो ५७ औ बार्षिकोत्सव मनाएको छ ।
बिद्यालयले पुस २ गते देखि ५ गतेसम्म विभिन्न कार्यक्रम गरि आफ्नो बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो । बिद्यालयले पुस २ गते देखि ४ गतेसम्म बिद्यार्थीहरुका बिच अन्तर सदनात्मक विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रमहरु सञ्चालन गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक घनश्याम अधिकारीले जानकारी दिए ।
बार्षिकोत्सवको समापनमा भने बिद्यालयले एक बिशेष कार्यक्रम गरेको थियो । झापा क्षेत्र नम्बर ५ क का प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यता तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको बिशिष्ट आतिथ्यतामा कार्यक्रममा बिद्यालयले विभिन्न अक्षयकोष दातालाई सम्मान गरेको थियो । यसैगरी बिद्यालयमा लामो समय अध्यापन गराउने ७० बर्ष माथिका ५ जना शिक्षकहरु गोपालप्रसाद घिमिरे, प्रेम प्रसाद ढकाल, भुपेन्द्र अधिकारी, शिव प्रसाद दाहाल र नरेन्द्र दाहाललाई सम्मान गरिएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।
यसैगरी सोही अवसरमा पूर्व बिद्यार्थीहरुले स्थापना गरेको बिद्यार्थी कल्याण कोषबाट आधारभूत तहमा अध्ययनरत बिद्यार्थीहरुलाई जुत्ता बितरण गरेको थियो ।
त्यसैगरि, सोहि दिन नगरस्तरीय प्रतियोगितात्मक नृत्य समेत सम्पन्न गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका निमित्त अध्यक्ष तुलसी देवानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दमक १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी ,९ नम्बर वडा अध्यक्ष कुबेर भट्टराई, पूर्व वडाध्यक्ष बोधराज न्यौपाने, विद्यालयका पूर्व अध्यक्षहरु, अक्षयकोष दाता लगायतले समेत मन्तब्य राखेका थिए ।
सोही कार्यक्रममा विभिन्न प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।२०२५ सालमा स्थापना भएको यस बिद्यालयमा करिव ५ सय ५० बिद्यार्थी अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.