दमक,२७ मंसिर । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा घातक रोग लाभ भुक्तानी गरेको छ । रुपा गाँउपालिका वडा न. ७ पिप्ले निवासी नारन सिंह खवासको दुबै मृगौलाले काम गर्न छोडेपछि बिमालेखको सुबिधा अनुसार नेशनल लाइफ ईन्स्योरेन्स लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले शाखामा आयोजित एक कार्यक्रममा बिमित खवास स्वयमलाई कम्पनीले प्रदान गरेको रु १० लाख बराबरको चेक हस्तान्तरण गरे।
सो कार्यक्रममा बोल्दै कम्पनीका लेखनाथ शाखा प्रमुख पौडेलले अनिश्चिततालाई सहज गराउन बिमा एक मात्र बिपत संग जुध्ने पूर्व तयारी भएकाले जीवन बीमा अहिलेको समयको अपरिहार्य आवश्यकता रहेकोमा जोड दिए ।
३५ बर्षको सुनौलो ईतिहास बोकेको यस नेशनल लाईफ ईन्स्योरेन्सले आफ्ना बिमितको हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र हालै मात्रै कम्पनीले “न्यु बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ ” अन्तरगत लाइफ ईन्स्योरेन्स कम्पनी तर्पmको “ बेस्ट म्यानेज्ड ” लाइफ ईन्स्योरेन्सको उपाधि समेत जितेको जानकारी गराए ।
उनका अनुसार बिमित खवासले मिति २०७७ फाल्गुण ५ गते यस कम्पनीमा रु १० लाखको घातक रोग लाभसहित जीबन बीमा गराएकोमा बिमा गरेको एक बर्ष पूरा नहुदै स्वास्थ्यमा समस्या आई चेकजाँच गर्दा दुबै मृगौला फेल भएको पत्ता लागेकाले कम्पनीले बिमितको उपचारका लागि बिमालेखको सुबिधा अनुसार रु १० लाख उपचार खर्च प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै बिमित खवासले कम्पनीले प्रदान गरेको यस रकमले आफुलाई ठुलो आर्थिक सहयोग भएको र दुखको सयममा साथ पाउनको लागि जीबन बीमा अपरिहार्य भएको मसहुस गराएको भन्दै हरेक ब्यक्ति जीबन बीमामा जोडिन अनुरोध गरे ।