झापा,२७ मंसिर । झापाको बिर्तामोडस्थित विएनसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाइ अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अब आपराधिक लाभसबन्धी मुद्दामा थप अनुसन्धान हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाईं पुनः पक्राउ परेका हुन् ।