२९,७०० अमेरीकन डलरसहित गौरादहका मिया पक्राउ

दमक,२७ मंसिर । स्रोत नखुलेको ठूलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीवार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका -५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० डलर ( बिहीवारको नेपाली दररेट अनुसार रु ४०लाख३३ हजार ८५४) फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रंगेलीबाट ४७ लाख ४९ हजारसहित एक महिला पक्राउ

मोरङको रंगेली नगरपालिका(८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ । मंगलबार रंगेली नगरपालिका -८ दर्वेशा कि ६५ बर्षीया ज्योति देवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा नेपाली रुपैंया ४७ लाख ४९ हजार बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी निरीक्षक सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा छापा हानेको थियो । इन्स्पेक्टर खड्का अनुसार १ तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो । व्यक्तिको घरमा ठूलो मात्रामा स्रोत नखुलेको रकम भेटिएको उनले बताए ।

प्रहरीले १ हजार र ५ सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ । उक्त रकम वरामद भए संगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.