मंगलमयमा विद्यालय ब्यबस्थापन र शिक्षक अभिभावक संघ गठन

दमक ,२४ मङ्सिर । झापाको कमल गाउँपालिका ५ पाडाजुङीस्थित मङलमय माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिति सहित शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा आज विद्यालयमा आयोजित अभिभावक भेलाले सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको हो ।
चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शोभा तिम्सिना ,तोम प्रसाद बाँस्कोटा ,सावित्रा उप्रेती दाहाल , हरिलाल ताजपुरिया रहेका छन् । समितिको बैठकले अभिभावक ,शिक्षासेबीहरु समितिलाई पूर्णता दिइने सदस्य साबित्रा उप्रेतीले बताइन् ।
यसैगरि सोही भेलाले प्रेम वहादुर कार्की, गंगा मेचे , कमला खड्का , पुण्य प्रसाद खतिवडा , अमित थापा , कर्ण बिक्रम दाहाल र शान्तिराम खतिवडा रहेको ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ। सदस्यहरु बिच आगामी बस्ने बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गरिने बताइएको छ ।भेलामा वडा अध्यक्ष एलबि बिष्ट ,बिद्यालयका निबर्तमान अध्यक्ष तिर्थ थापा लगायतले बोलेका थिए ।
२०२८ सालमा स्थापना भएको सो बिद्यालयमा अङ्ग्रेजी माध्यममा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको प्रधानाध्यापक मोहन बगालेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.