हाँगाले लागेर इलाममा एकजनाको मृत्यु

इलाम,२४ मंसिर । आफैले काटेको रुखको हाँगाले लागेर इलाममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका– ९ जितपुर सुङ्गुरेडाँडा बस्ने अन्दाजी ४९ वर्षीय तुलसी जबेगू रहेका छन् आफैले काटेको रुखको हाँगाले लागेर आइतवार उनको मृत्यु भएको हो । हिजो बिहान करिव ११ः३० बजे जबेगूले रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगा खसेर उनको ढाडमा लागेको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएकोमा उपचारका क्रममा आइतवार दिउँसो ४.५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा परी घाइते खरेलको निधन
दमकमा सवारी दुर्घटनामा परी घाइते भएका एकजनाको गएराति निधन भएको छ । १९ दिनअघि दमकको क्याम्पस मोडमा पहिचान हुन नसकेको सवारीसाधनको ठक्करबाट दमक -५ निवासी ७२ वर्षीय कमल खरेल गंभीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि परिवारले चार दिनअघि घरमै ल्याएका थिए । राति १०.२९ बजे उनको मृत्यु भएको मृतकका भाइ टीकाराम खरेलले बताए ।

ठक्कर दिने सवारीसाधनको अझ पहिचान हुन सकिरहेको छैन् । प्रहरीले घटनामा संलग्न सवारीसाधनको खोजी गरी कार्वाही गर्न हेलचेक्रयाइँ गरिरहेको भाइ टीकारामले बताए ।

Leave a Reply

Your email address will not be published.