समाजवादी महिला संघ जिल्ला कमिटी रुपान्तरित

झापा ,१९ मंसिर । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ झापा जिल्ला कमिटी रुपान्तरण गरिएको छ । चिजा राईको अध्यक्षतामा रुपान्तरित १५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षद्धयमा सोनी मुखिया, मिठुमाया सार्की ,सचिवमा दिपा आङदेम्बे उपसचिवमा दिपा राई, पूर्णमाया मगर र कोषाध्यक्षमा धनकुमारी राई चयन भएकी छन् ।
पार्टी उपाध्यक्ष तथा संघीय सांसद सुशिला श्रेष्ठको प्रमुख आतिथ्यतामा आज सम्पन्न जिल्लास्तरिय भेलामा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद निर्मला तावा ,केन्द्रीय सदस्यहरु धनप्रसाद गुरुङ, कृष्ण उदास, चन्द्रा थापा ,प्रदेश सचिव राम माण्डुपा लगायत प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । क्रार्यक्रम समाजवादी महिला संघकी प्रदेश कोषाध्यक्ष तथा झापा जिल्ला संयोजक विनिता राजवंशीको अध्यक्षता सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.