खेल,पार्लरसंगै राजनीतिमा दिलु

दमक,१४ मंसिर । दमक- ६ की दिलकुमारी सुब्बा (दिलु) को विहान व्याडमिन्टन खेल्ने र दिउँसो व्यूटीपार्लरमा तल्लीन हुने दैनिकी फेरिएको छ । उनी पूर्व राष्ट्रिय खेलाडी पनि हुन् । व्याडमिन्टनमा निकै राम्रो क्षमता राख्ने उनको खेल जीवन दुई दशक बढी भयो । स्वास्थ्यका लागि खेल्दैआएको व्याडमिन्टनले थोरै भएपनि उनलाई चिनारी दिन मद्धत पुग्यो ।उनको यो खेलसंगै जीवन गुजाराका लागि व्यूटिपार्लर पेशाले उतिकै साथ दियो । खेल र पेशामा दुई दशक बढी समय बिताएकी उनले थप अर्को सिढी टेकेकी छन् ।
खेलसंगै बाँच्नका लागि पार्लर र अव समाज बदल्न राजनीतिमा प्रवेश गरेकी छन् उनी । लोकतन्त्र प्राप्तिका लागि लामोसमयदेखि संघर्ष गरिआएको पार्टी नेपाली कांग्रेससंगको राजनीति लगावलाई थप मजवुत बनाएकी छन् उनले । पार्टीका अग्रज,जिल्लाभरिका क्षेत्रीय प्रतिनिधि,पार्टी सभापति तथा शुभचिन्तकहरुको मायाका कारण उनले कांग्रेस झापा जिल्ला कार्य समितिको सदस्य पदमा आफनो राजनीतिक उचाई स्थापित गर्न सफल भईन् । भन्छिन् , –‘अव थप जिम्मेवारी प्राप्त गरेकी छु ,यसलाई इमान्दारिताका साथ पूरा गर्ने छु’
कांग्रेसको १० औं महाधिबेशन अन्तर्गत गएको मंसिर १० गते भएको जिल्ला सदस्यको निर्वाचनमा उनले १९०८ मत प्राप्त गरि निर्वाचित भईन् । उनी आदिवासी जनजाति महिलातर्फ खुला सदस्यमा चयन भएकी हुन् । निर्वाचित भएपछि उनको मोवाइलमा वज्न थालेको बधाईको ओइरोले थप जिम्मेवारी बोध भएको ठान्छन् । भन्छन्, –‘राजनीतिमा पाएको यो जिम्मेवारी प्रति झापाली सवै कांग्रेसजन प्रति आभारी छु, मलाई दिनुभएको जिम्मेवारीलाई कहिल्यै कमी हुन दिने छुईन् ’
दमक ६ बाट क्षेत्रीय प्रतिनिधि भएर पार्टी राजनीतिमा सक्रिय उनी पेशाका रुपमा फ्रेसलुक पार्लर चलाउदैआएकी छन् । महिलाको श्रृङगारपटार क्षेत्रमा दमककै पूरानामा गनिने उनले आधा दर्जन युवतीलाई रोजगारी समेत दिदैआएकी छन् । व्यूटीपार्लर क्षेत्र समयको माग भएको र यसमा आर्कषण निकै भएको उनको भनाई छ । महिला लक्षित यो पेशाले घरायसी गुजाराको लागि सघाँउ पुरयाँउदै आएको उनको अनुभव छ ।
श्रीमान र एक छोराकी आमा दिलु अव खेल,पेशासंगै कांग्रेसको राजनीतिमा सक्रिय भएर सेवा दिने हिम्मत राख्छिन् । महिला त्यसमाथि आदिवासी जनजाति समुदायमा नै राजनीति चेतना कमजोर निकै भएको उनको बुझाई छ ।जनताका लागि भएको सेवा पुरयाँउने माध्यम राजनीति भएको भन्दै त्यसै अनुरुप अब काम गर्ने उनको योजना छ । दमक नगरपालिकाले गठन गरेको दमक नगर व्यामिन्टन संघको संयोजकको जिम्मेवारी सम्हालिआएकी उनले अगाडी भनिन्, –‘राजनीतिमार्फत समाज बदल्न मेरो इच्छा पूरानो थियो, अव खेल,पार्लरको दैनिकीसंगै पार्टीमा सक्रिय हुन्छु । ’

Leave a Reply

Your email address will not be published.