दमक ,१३ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) कमलले आजदेखि पालिकास्तरिय नृत्य तथा गायन प्रतियोगिता शुरु गरेको छ । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा कमल भरिका एक दर्जन विद्यालयले सहभागिता जनाएका छन् ।
कमल ४ स्थित फोनिक्स अंग्रेजी बोर्डिङ स्कुलमा शुरु भएको प्रतियोगिताको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले उद्घाटन गरिन् ।
प्याव्सन कमलका अध्यक्ष बदी साङपाङ राईको अध्यक्षतामा भएको पहिलो दिनको कार्यक्रममा १२ वर्ष मुनीको जुनियर गायन तर्फ विद्या सदन ईङलिस स्कूल प्रथम, निहारिका एजुकेशन फाउण्डेशन द्धितीय, स्टार ईङलिस स्कूल तेश्रो भएको छ । यसैगरि, सिनियर गायन तर्फ फोनिक्स स्कूल प्रथम, निहारिका एजुकेशन द्वितीय ,तृृतीय भने स्टार अंग्रेजी स्कूल र जुनियर आधुनिक नृत्य तर्फ लालिमा अंग्रेजी बोर्डिङ स्कूल प्रथम, स्टार स्कूल द्धितीय र निहारिका एजुकेशन तेश्रो बन्न सफल भयो ।
भोलि भने विद्यागत तर्फका अन्य ष्पर्धा हुने र विजयी स्कूलका विद्यार्थीहरुलाई पुरस्कृत गरिने प्याव्सन कमलका सचिव दिपक संग्रौलाले बताए ।
पालिकास्तरमा शुरु भएको दुवै प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूले पुनः दोस्रो चरणको जिल्लास्तरिय प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्ला भरिका सवै पालिकामा सोमबारदेखि शुरु भएको ती दुवै विद्यागत प्रतियोगिता ३० गते दमकपालिकाको प्रतियोगितासँगै पहिलो चरण सम्पन्न हुने प्याव्सन झापाका सांस्कृतिक उपसमिति संयोजक छत्रबहादुर कार्कीले बताए ।
पालिका स्तरको कार्यक्रम पछि जिल्ला स्तरीय प्रतियोगिता यहि पुस २ र ३ गते दमकको पशुहाटमा हने जनाईएको छ ।
प्याब्सनले सांस्कृतिक प्रतियोगितामा प्राथमिक तहमा आधुनिक, आधारभूत तहमा राष्ट्रिय तथा माध्यमिक तहमा लोक नृत्य प्रतियोगिता सञ्चालन गर्ने छ । त्यस्तै, १२ वर्ष मुनिको, कक्षा –१० सम्म र कक्षा–१२ सम्म गरी तिन तहको गायन प्रतियोगिता सञ्चालन गरिने छ ।