
दमक,१३ मंसिर । जुवाजन्य तास खेलिरहेको अवस्थामा दमकको एक होटलवाट प्रहरीले आज सात जना जुवाडेलाई पक्राउ गरि रु १ लाख ५० हजार बढी नगद बरामद गरेको छ ।
दमक ६ स्थित फाल्गुनन्द चौंकमा रहेको परदेशी होटलमा आज दिउँसो ४.३० वजे छापा मारी होटल सञ्चालक पवन लिम्बूसहित सात जना जुवाडेलाई नगद रु १ लाख ५७ हजार ,तीन बुङ तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसरी पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ ३ घर भई हाल दमक ६ बस्ने ५० बर्षिय होटल सञ्चालक लिम्बू, दमक १ का ३५ बर्षिय भक्तिश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बू, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँँचथर फाल्गुनन्द ८ का ४२ बबिन सुब्बा, इलाम ,चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई मोरङ,पथरीशनिश्चरे नगरपालिका १ का ४७ बर्षिय राजकुमार श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका सातै जना इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
पछिल्ला एक महीनाको अवधिमा दमकका विभिन्न स्थानबाट तीन पटक गरि ३० जना बढी जुवाडेलाई पक्राउ गरि कारवाही गरिएको उनले जानकारी दिए ।