पथरीशनिश्चरे, १२ मंसिर । पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले १० वटै वडाका विपन्न एकल महिलाहरुलाई सम्मान गरेकी छन् ।विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न एकल महिलाहरूलाई उनले सम्मान गरेकी हुन् ।
नगर उप–प्रमुख काफ्लेले आइतबार, सोमबार र मंगलबार गरी तीनसम्म नगरका सबै वडा कार्यालयहरुमा पुगेर एकल महिलाहरुलाई सम्मान गरिन्। सम्मान पछि प्रमुख अतिथिको तर्फबाट उप–प्रमुख काफ्लेले यो पटक नगरका जति जना एकल महिलाहरुलाई सम्मान गर्न सकियो, अर्को वर्ष भावी अझै धेरै जनालाई सम्मानित गरिने बताईन्।
१० वटै वडाहरूमा सञ्चालन गरिएको सो कार्यक्रममा नगरका १० वटै वडाका वडाध्यक्षहरु क्रमशः भीमकुमार राई, नैना साम्पाङ राई, विजय लिम्बू, लोककिरण न्यौपाने, चेतन्द्र खड्का , कृष्णप्रसाद बस्नेत, उद्धवराज बस्नेत, नवीन कार्की, वीरबहादुर राई र जीवन खतिवडाको अध्यक्षता रहेको थियो ।