चुम्लुङ झापा शाखामा सदस्य तथा सल्लाहकारहरु मनोनित

दमक ,१२ मंसिर । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखाले रिक्त रहेको विभिन्न पदमा विधान बमोजिम मनोनित गरेको छ । विर्तामोडस्थित जिल्ला चुम्लुङ कार्यालयमा हालै बसेको दोश्रो बैठकले जिल्ला कार्य समितिको रिक्त सदस्यमा सुन्दर लिम्बूलाई मनोनित गर्नुका साथैं सल्लाहकार र जिल्ला चुम्लुङ सदस्यहरू मनोनित गरेको छ ।
सल्लाहकारहरूमा टेकबहादुर आङदेम्बे ,(भरत) मेचीनगर, सुर्य प्रसाद कन्दङवा (विर्तामोड ), राधा सुब्बा (विर्तामोड) , रिमानधोज लोक्ताम (विर्तामोड) , भक्त मेन्याङवो (कन्काई ), बिष्णु सुब्बा आङदेम्बे (दमक), शिव कुमार मेन्याङवो (शिवसताक्षी ), योगचन्द्र आङबुहाङ ( विर्तामोड) , महेन्द्र लावती (भद्रपुर ) , लक्ष्मी तावालाई (भद्रपुर ) मनोनित गरिएको छ ।
यसैगरी जिल्ला चुम्लुङ सदस्यमा योगेन्द्र कुरुम्बाङ (विर्तामोड), मानबहादुर नेम्बाङ (मेचीनगर) , मानबहादुर साँवा (बुद्धशान्ति ) र हिम्मत नेम्बाङ (कनकाई ) को मनोनित गरिएको जनाएको छ ।
चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा बसेको बैठकले चासोक तङनाम यसवर्ष पनि झापा जिल्लाभरिका विभिन्न ठाँउमा हुने कार्यक्रम सभ्य र भव्य रूपमा मनाउन तथा आवश्यक समन्वय गर्नका लागि जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोक्ने समेत निर्णय भएको उपाध्यक्ष दिव्यकला थेवेले बताईन् ।
यसैगरि , बैठकले चुम्लुङलाई विशिष्ट रुपमा योगदान पुरयाँउने स्व.गुञ्जमान सुब्बा स्मृतिमा जम्मा हुन आएको रकमलाई कार्यविधि बनाएर अक्षयकोषमा रकमान्तर गर्ने निर्णय गर्नुका साथै विभिन्न स्थानीय निकाय, दानवीर, उद्योगी, ब्यापारी, सहयोगदाता एवम् शुभेच्छुकहरुसंग सहयोग जुटाएर जीर्ण अवस्थामा रहेको चुम्लुङ भवनको सभाहल, बैठक कोठा, चर्पी , वाथरूम र खानेपानीको आवश्यक ब्यवस्थापन गर्ने गराउने समेत निर्यणय गरिएको अध्यक्ष फियाकले बताए ।

 

Leave a Reply

Your email address will not be published.