शर्माको निधनमा कांग्रेस झापाद्धारा तीन दिन शोक

दमक , ११ मंसिर । नेपाली कांग्रेस झापाका पूर्ब सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शमाको निधनमा पार्टीले तीन दिन सम्म शोक मनाउने भएको छ ।स्व. दाहालको निधन प्रति दुःख व्यक्त गर्दै भोलि मंसिर १२ गते कांग्रेस झापाको जिल्ला कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईले बताए ।
कांग्रेस योद्दा शर्माको निधन भए लगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा दाहालको निवास पुगेका छन् । शर्मासहित कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेवेलगायतका नेता तथा कार्यकर्ताहरु समवेदना दिन शर्माको निवास पुगेका छन् ।
क्याम्पसले दियो भोलि शोक विदाँ
दमक बहुमुखी क्याम्पसका संस्थापक सञ्चालक समिति सदस्य तथा पूर्व अध्यक्ष दाहालको निधनमा भोलि मंगलवार शोक विदा दिएको छ । क्याम्पसले आज शोक वक्तत्व निकालेर यस क्याम्पसका पूर्व अध्यक्ष तथा संस्थापक सदस्य स्व. दाहालको असमायिक निधन भएकोमा दुख प्रकट गदैं भोलि एक दिनका लागि क्याम्पसको नियमित पठनपाठन बन्द हुने उल्लेख छ ।
भोलि अन्त्येष्टि
मुटु तथा श्वासप्रश्वासमा समस्या भई बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिरहेका दाहालको आज दिउँसो ८८ वर्षको उमेरमा निधन भएको थियो । कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अघि उनलाई विर्ता तथा दमकको निम्स अस्पताल भर्ना गरिएको थियो ।शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म गरेका थिए ।
२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाउनु भएका शर्माको बिर्ता सिटी अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published.