चिया वगानका महिला मजदुरलाई सेनिटरी प्याड वितरण

दमक ,११ मंसिर । दमकमा रहेको हिमालय गुडरिक चिया बगानका मजदुरहरुलाई मंगलवार निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ ।अन्तराष्ट्रिय गैह्र सरकारी संस्था एचडिएनपि ईन्टरनेशनलको सहयोग र आशाको दियो नेपालको संयोजनमा चियाबगानमा कार्यरत दुईसय पचास जना महिला मजदुरहरुलाई सेनिटरी प्याड वितरण गरिएको हो ।
सेनिटरी प्याड वितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले सेनिटरी प्याडको प्रयोग नगर्दा महिलाहरुमा जटिल खालका स्वास्थ्य समस्या आउन सक्ने भन्दै सचेतना अपनाउन सबैमा आग्रह गरिन् । नगरपालिकाले समेत उपप्रमुख सुरक्षित महिनावारी कार्यक्रम अन्तर्गत महिलाहरुलाई निशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको र त्यसबाट लक्षित वर्गले सेवा लिन समेत उनले आग्रह गरिन् ।
आशाको दियोले स्थापना भएदेखिनै धेरै सामाजिक कार्य गर्दै आएको भन्दै उनले नगरको बिकासका लागी सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिईन् ।
कार्यक्रममा हिमालय चियाबगानका महाप्रबन्धक श्यामल सुब्बाले नगरपालिकाले वितरण गर्ने निशुल्क सेनिटरी प्याड लिन जाँदा बगानका कामदारहरुले एकदिनको ज्यालानै माया मार्नु पर्ने अवस्था आउने भन्दै बगानमै आएर वितरण गर्ने ब्यवस्था मिलाईदिन आग्रह गरे ।
आशाको दियो संस्थाका अध्यक्ष प्रकाश प्रसाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा दमक वडा नम्बर ४ का वडाअध्यक्ष पुण्यप्रसाद दाहालले वगानका महिला श्रमिकलाई वडाको स्वास्थ्य केन्द्रबाट सेनिटरी प्याड सहज उपलब्ध गराउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा एडिएनपीका प्रतिनिधि मिलन आचार्य, निम्स अस्पताल दमकका अध्यक्ष उमाकान्त आचार्य, सामाजिक व्यक्तित्वहरु युवराज कोईराला, सुकपाल नेम्माङ लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.