गोली लागेको अवस्थामा लिम्बूको शव फेला

इलाम, १० मङ्सिर । इलाम,फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको छ । हेर्दा भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायब निरीक्षक प्रकाश जबेगूले बताए ।

लिम्बूको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरिएको जबेगूले बताए।

Leave a Reply

Your email address will not be published.