फाल्गुनन्दमा धेरै धान फलाउने किसानलाई नगद पुरस्कार

पाँचथर ,९ मंसिर ।पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पचास मुरीभन्दा धेरै धान फलाउने किसानलाई नगद पुरस्कारसहित सम्मान गर्ने नीति ल्याएको छ ।गाउँपालिकाले एक सय मुरीभन्दा धेरै धान फलाउनेलाई नगद ५० हजार र ५० मुरीदेखि एक सय मुरीसम्म फलाउनेलाई ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने नीति ल्याएको हो ।

गाउँपालिकाले पारित गरेको ‘धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि–२०८०’ बमोजिम यसै आर्थिक वर्षदेखि किसानलाई पुरस्कार दिने निती ल्याएको हो । कार्यविधिअनुसार पुरस्कार पाउन किसानले गाउँपालिकामा निवेदन दिनुपर्नछ ।

मापदण्डअनुसार योग्य किसानलाई पालिकाका कर्मचारी र जनप्रतिनिधिको अनुगमनपश्चात पुरस्कार दिइने प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । गाउँपालिकाले मंसिर ७ गते सूचना जारी गर्दै किसानलाई पुरस्कारका लागि दाबी पेस गर्न भनेको हो । यसअघि छिमेकी मिक्लाजुङ गाउँपालिकाले पनि किसानका लागि यस्तै कार्यक्रम ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published.