इलाममा अरिङ्गालले टोकेर एकको मृत्यु

इलाम, १० मङ्सिर । अरिङ्गालले टोकेर इलामको देउमाइ नगरपालिकामा एक जनाको ज्यान गएको छ । देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालले टोकेर घाइते भएका मगलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मगरको शनिवार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.