झापा, ४ मंसिर । कचनकवल गाउँपालिका–७ बैगुनवारीका ४१ बर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
हस्दा झुण्डिएको अवस्थामा मृत भेटिए
झापाको केर्खा बजार उत्तर जङ्गलमा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् । कमल–३,केर्खाको गोसलाईनमा बसोबास गर्ने ४५ बर्षिय लुखिराम हस्दा केर्खा बजार अलिक पूर्व उत्तर सानो खोल्सी छेउमा रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
आइतवार राति अकस्मात खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।