इलाम बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

इलाम ,४ मंसिर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना ६ ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका ३ कोलबुङमा दुर्घटना भएको थियो ।

धनुषाको धनुषाधाम नगरपालिका -९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।दुर्घटनामा परी धनुषाधाम नगरपालिका ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।
‍बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । घाईते ३४ जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाईते हुनेहरुमा ३० वर्षीया गणेश कुमारी मोक्तान,११ वर्षीया समिक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान,३६ वर्षीया अन्जु तामाङ,२ वर्षीया स्मिरिका तामाङ,११ वर्षीया रिजा लामा,११ वर्षीया काजल नायक,१४ वर्षीया नितिशा मोक्तान,११ वर्षीया निशु लामा,४० वर्षीया महिला सुनमाया लामा, २० वर्षीया कबिता घिसिङ,१३ वर्षीय शौगात लामा
,१४ वर्षीया बर्षा तामाङ,१५ वर्षीय सिद्धार्थ तामाङ,१५ वर्षीया बालिका स्वेक्षा लोकचन,१२ वर्षीया विविशा लोकचन,१५ वर्षीया रोजिना तामाङ,२८ वर्षीया कल्पना कुमारी लामा,२९ वर्षीया शान्ता पाख्रिन,१८ वर्षीया न्ध्या मोक्तान,३५ वर्षीया मनमती लामा,३० वर्षीया ज्ञानु लामा,१८ वर्षीया प्रतिक्षा लामा,४५ वर्षीया लाल कुमारी लामा,, ४०वर्षीय बीरबहादुर लोकचन,१५ वर्षीय कर्ण मोक्तान,१५ वर्षीय कुशुम घिसिङ,६० वर्षीया शान्तमाया तामाङ,३५ वर्षीय अनिल परियार ,२० वर्षीया रचना घिसिङ,३५ वर्षीय संजोक तामाङ,१८ वर्षीया रेनु घिसिङ, १६ वर्षीया समिक्षा लामा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.