मोरङ ,२९ कार्तिक । मोरङमा मङ्सिर १ गतेदेखि ५ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ ), गृह मन्त्रालय (निर्वाचन सेल ) असोज १२ गतेको परिपत्र तथा जिल्ला सुरक्षा समिति मोरङको कात्तिक २७ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिए । मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ५ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ ।