
दमक,२८ कार्तिक । झापा, बाह्रदशी गाउँपालिकी रिता राजबँशीले गायन कला तर्फ पहिलो कोच स्टारको उपाधि जितेकी छन् । उपाधि सँगै उनले उत्तम चियाको तर्फबाट नगद रु २० हजार , एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अवसर पाएकी छिन् ।
यसैगरी मोरङ ,रतुवामाईका योगेन ताजपुरियाले फस्ट रनरअपको उपाधि जितेका छन् । उपाधि सँगै उनले पाथीभरा गृल उद्योगका तर्फबाट नगद रु १० हजारको चेक, एउटा गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने अवसर पाएका छन् भने रेशमीका राजवँशीेले सेकेन्ड रनरअपको उपाधि जितिन् । उनले उपाधिसँगै अमन्तिका फोटो स्टुडियोको तर्फबाट नगद रु ५ हजार सहित एउटा गीत गर्ने र म्युजिक भिडियो बनाउने अवसर पाएकी छन् ।
त्यस्तै, बिन्दास राजवँशीले कोच स्टारको तेस्रो रनरअपको उपाधि जिते । उपाधि सँगै उनले गौरीया प्राबिका तर्फबाट नगद रु २ हजार ५ सय, शक्ति ईन्टरलकका तर्फबाट रु ५ हजार र गीतकार गोपाल राजवंशीका तर्फबाट एउटा गीत रेकर्ड गर्ने अवसर जितेका छन् ।
गौरीगंज ३ स्थित दन्तकाली मन्दिर छेउ खुला मञ्चमा सम्पन्न भएको कार्यक्रम गतवर्षदेखि अनलाइनबाट शुरू भएको थियो ।
आयोजक समितिका अध्यक्ष प्रमोद राजबंशीको अध्यक्षता र गौरीगंज गाउँपालिका का प्रमुख बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका मेयर रोहित साह, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सचिव कमल राजबंशी, ताजपुरिया समाज कल्याण परिषद का अध्यक्ष गंगाराम ताजपुरिया, गौरीगंज गाउँपालिका वार्ड नं १ का अध्यक्ष कार्तिकलाल राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको आकर्षणका रुपमा राष्ट्रिय कलाकार श्री कृष्ण लुईटेल (बोके दाह्री ), राष्ट्रिय गायकहरू बलराम राजवंशी, बलबहादुर राजवंशी, राम राजवंशी, भविन ताजपुरिया, बन्दना राजवँशी, बिनिता ताजपुरिया, लगायतको प्रस्तुति रहेको थियो ।
गौरीगंज गाउँपालिका मुख्य प्रायोजक रहेको कार्यक्रमको सह प्रायोजक गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, बाह्दशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, झापा गाउँपालिका, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र कचनकबल गाउँपालिका रहेको थियो ।