दमक ,२७ कार्तिक । पूर्वपश्चिम राजमार्गमा पर्ने दमक चौंकको मुख्य सडक खण्ड एक साता यता अन्धकार देखिएको छ । गणतन्त्र चौंकमा सधै झिलीमिली वल्ने ठुला किसिमका सडक बत्ती एक्कासी वल्न छाडेपछि स्थानीय व्यवसायीहरु मर्कामा परेका छन । सडक बत्ती नियमित रुपमा बाल्नका लागि स्थानीय सरकारले अझैसम्म ध्यान नदिएको स्थानीयको गुनासो छ ।