मंगलवारेमा सगुन साँझ सम्पन्न, विरामीलाई २८ हजार बढी सहयोग

दमक,२६ कार्तिक । कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले बर्सेनी आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि विहिबार भव्य रुपले सम्पन्न भएको छ । दिपावली ,छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनी आयोजना गर्दे आएको सांस्कृतिकमूलक सगुन साँझ यसवर्ष भव्य रुपले सम्पन्न गरिएको सचिव रोशन दाहालले बताए ।
क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा भएको सगुन साँझ सांगीतिक कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बू तथा स्थानीय कलाकारहरुले गीत,नृत्य प्रस्तुत गरेका थिए ।

स्थानीय मंगलवारे वजारको प्राङगणमा भएको सगुन साँझको क्रममा स्थानीय एक जना विरामी नावालकलाई समेत सहयोग उपलव्ध गराएको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ बर्षिय विरामी छोराको उपचारका लागि रु २८ हजार ७ सय ४० रुपैया समेत जुटाई पीडित परिवारलाई हस्तान्तरण गरिएको सचिव दाहालले जानकारी दिए । उनका अनुसार टाउकोमा पानी जमेर आर्थिक अवस्थाका कारण उपचार गर्न नपाएका बालकको उपचारमा सघाँउन कार्यक्रम स्थलबाट सर्वसाधारणले उक्त सहयोग उपलव्ध गराएका थिए ।
सोही कार्यक्रममा क्लवले सामूहिक रुपमा देउसीभैलोसहितको सांस्कृतिकमूलक सांगीतिक कार्यक्रममार्फत करिव ६० हजार रुपैया समेत संकलन भएको थियो ।

सगुन साँझ देउसीभैलो सांस्कृतिक कार्यक्रममा मनोरञ्जन लिन सयौको संख्यामा त्यस क्षेत्रका बासिन्दाहरुको उपस्थिति रहेको थियो । भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा छुट्टै परिचय दिन सफल यस क्लवले सहयोगार्थ दिपावली तथा छैठको अवसरमा देउसीभैलोसहितको सांस्कृतिक कार्यक्रम गरिआएको कार्यक्रम संयोजक दिवाकर राईले जानकारी दिए । साँझ ५ वजेदेखि शुरु भएको सांगीतिक कार्यक्रम राती १० वजेसम्म चलेको थियो । उक्त कार्यक्रमको सञ्चालन राम अधिकारी र सुवास लिम्बूले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.