बाटोनै अवरोध गरेर दमकमा एमालेको ‘देउसी नाच’

दमक,१६ कर्तिक । नेकपा एमालेले दमक- ६ स्थित व्यस्त वजार क्षेत्रमा आयोजना गरेको देउसीभैलोका क्रममा तीन घण्टा त्यहाँको आवगमन प्रभावित वन्न पुगेको छ । करिव ३ वजेदेखि शुरु गरिएको सांस्कृतिक देउसीनाच सञ्चालन गरिदाँ त्यस सडकको आवगमन पूर्ण रुपमा ठप्प मात्र भएन, त्यहाँको व्यापार,व्यवसायनै प्रभावित बन्न पुगेको थियो । सडक भरि ढाकेर खेलिएको तीन घण्टा लामो देउसीभैलीले त्यस क्षेत्रका नराम्ररी प्रभावित बन्न पुगेको स्थानीय व्यवसायीहरुको गुनासो छ ।
स्थानीय व्यवसायी रक्षा सुवेदीले तिहारको व्यवसायिक चहलपहल भईरहदाँ एक्कासी सडक बन्द गरेर देउसीनाच प्रस्तुत गरिदाँ व्यवसायीहरु मर्कामा परेको गुनासो सुनाईन् । यो बेला सडक बन्द गरेर देउसीभैलो नाच प्रस्तुत गरिदाँ तिहार लक्षित व्यापारमा असर पुगेको उनले बताईन् ।
देउसीभैली नाचका कारण वजार प्रवेश गरेर किनमेल गर्ने सर्वसाधारणदेखि सिटीसफारी चलाउनेले निकै झेल्नुपरेको थियो ।
यसअघि सोहि नाच दमक- २ स्थित हिमालय माध्यमिक विद्यालय अगाडीको सडकमा प्रस्तुत गरिदाँ त्यस सडक भएर आउजाउ गर्नेले निकै लामोसमय समस्या झेल्नुपरेको थियो ।
एमाले दमक नगर कमिटीले यसपटक हालसम्मकै ठुलो संख्यामा नृत्य टोली सहभागि गराएर देउसी नाच सञ्चालन गरिरहदाँ देउसीस्थल सडक केहिवेर पभावित वन्न पुगेको नगर कमिटी अध्यक्ष राम पौडेलले बताए ।
अध्यक्ष पौडेलका अनुसार दमक नगर भित्रका पार्टी नेता, कार्यकर्ताहरुसहित, जनवर्गीय संगठनहरु र शुभेच्छुकहरुसहितको १२० जना कलाकारहरु सम्मिलित देउसी भैलो नाच सञ्चालन गरिएको हो । देउसी नाचका लागि करिब १५ दिन अघिदेखि कलाकारहरुले पूर्वाभ्यास गरेका थिए ।
समसामयिक बिषयहरु समेट्दै साँस्कृतिक पक्षको समेत उजागर गर्ने गरी नगरका पाँच स्थानमा देउसी भैलो प्रस्तुत गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.