धिमाल मोर्चाको नयाँ नेतृत्व, अध्यक्षमा तारिलाल

उर्लावारी,१३ कार्तिक । नेकपा (माओवादी केन्द्र ) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय विकास केन्द्रको सभाहलमा भएको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कविराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र महासचिवमा प्रकाश धिमाल ,सचिवमा अनिल धिमाल, कोषाध्यक्षमा गणेश धिमाल चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा भगतराम धिमाल, हरिलाल धिमाल, दिलबहादुर धिमाल, टिकाराम धिमाल, विनोद धिमाल, सन्तोष धिमाल, वृषजङ्ग धिमाल, हरि धिमाल, दिनेश धिमाल, आशबहादुर धिमाल र कुमारी धिमाल चयन भएका छन् ।
भेलाले मोर्चाका निवर्तमान अध्यक्ष गणेश धिमालसहित संविधानसभा सदस्य नगेन्द्र धिमाल, भिष्म धिमाल, सूर्यबहादुर धिमाल, रवनबहादुर धिमाल रहेको एक सल्लाहकार समिति समेत चयन गरिएको मोर्चाले जनाएको छ ।
संविधानसभा सदस्यसमेत रहेका माओवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य नगेन्द्र धिमालको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी तथा मोर्चाका नेताहरुले गणतन्त्र, संघीयताको रक्षा र विकासको लागि धिमाल समुदाय सक्रिय हुनुपर्ने बताए ।

धिमाल मोर्चा किराँती राष्ट्रिय मोर्चामा रहँदा सो संगठनको उपाध्यक्ष रहेको चर्चा गदैं प्रमुख अतिथि नगेन्द्र धिमालले धिमालहरु किराँती भएको बताए । धिमाल मोर्चाका पूर्व अध्यक्षसमेत रहेका धिमालले खस, आर्य समुदायको विद्धानहरुले समेत किरात एउटा जाति नभएर सभ्यता, इतिहास, भूगोल भएको स्वीकार गरेको बताए । उनले परिस्थितिले किरात, धिमाल र लिम्बू मोर्चा फरक फरक भएपनि आफूहरु किराती नै भएको बताएका हुन् ।कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कोचिला मुक्ति मोर्चाकी अध्यक्ष ममता ताजपुरिया, पार्टी प्रदेश समिति सचिवालय सदस्य समेत रहेका आदिवासीरजनजाति संयुक्त मोर्चा प्रदेश अध्यक्ष प्रेम मिभक, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, आदिबासी जनजाति संयुक्त मोर्चा केन्द्रीय सचिवालय सदस्य खगेन्द्र धिमाल कराते महासंघ मोरङका उपाध्यक्ष ईन्द्र लामालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.