गौरीगञ्जको महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपहार

गौरीगञ्ज,१३ कार्तिक । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित महाभारा स्वास्थ्य चौकीलाई झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार दिएको छ ।
अन्तराष्ट्रिय झापाली समाजको विर्तामोडमा सम्पन्न चौथो महाधिवेशन उदघाटन कार्यक्रममा समाजद्धारा प्रदान गरिएको सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
झापाली समाज अष्ट्रेलियाका पूर्व उपाध्यक्ष नेत्र पौडेलका अनुसार समाजमा आवद्ध झापालीहरुले स्वास्थ्य सेवामा ग्रामीण भेगका नागरिकहरुको पहुँच सहज बनाउन मद्धत पुरयाउने उद्धेश्यले सो एम्बुलेन्स उपलब्ध गराईएको हो । सो समाजले यसअघि पनि पटक पटक झापाका ग्रामीण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुलाई प्रविधियुक्त बनाउन कम्प्युटर प्रदान गरेको थियो । सो समाजले विभिन्न प्राकृतिक प्रकोपमा परेका तथा असहाय, विपन्न नागरिकहरुको स्वास्थ्य, शिक्षाका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।
महाभारामा यसअघि साना किसान कृषि सहकारी संस्थाको नाममा रहेको एम्बुलेन्सले सेवा दिँदै आएकोमा करिब ३,४ बर्ष यता सो एम्बुलेन्स दुर्घटनामा परेपछि पुनः सञ्चालनमा आउन सकेको छैन् । स्थानीय सरकार मार्फत सञ्चालन हुने सो एम्बुलेन्सबाट ग्रामिण क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published.