
झापा, ११ कार्तिक ।झापाको बुद्धशान्ति गाऊपालिका ३ स्थित बुधबारे चौक स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बिक र ईलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडाका २३ बर्षीय सुलभ गुरुङ रहेका छन् । बुधबार बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
यसैगरि, मोरङ बिराटनगर मनपा १४ जतुवा चोक स्थितबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतो रहेका छन् । उनलाई जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।