
कब्जियत अथवा कन्स्टीपेसन आम मानिसमा हुने समस्या हो । के बच्चा के युवा यवती के बुढाबुढी सबैमा देखा पर्ने समस्या हो कब्जियत । विशेष गरेर नेपालीहरुमा देखा पर्ने कब्जियत पेट रोगको मुख्य कारण मानिन्छ । दिनमा धेरै पटक तर थोरै थोरै र असन्तुष्ट रुपमा या दुई या तिन दिनको फरकमा या सो भन्दा धेरै दिनमा मात्र दिशा लाग्नु कब्जियत हो । जसरी हामी कम्तिमा दिनमा दुई पटक खान्छौ त्यसरी नै विहान बेलुका गरेर दुई पटक सन्तुष्ट पूर्वक दिशा लाग्नु या दिशा बस्नु स्वास्थका लागी सबै भन्दा उत्तम मानिन्छ ।
हाम्रो पाचन तन्त्रमा विशेष प्रकारको बनावट हुन्छ र सोही अनुसार संचालित हुन्छ । एउटा जवान मानिसमा ८ मीटर लामो पाचननली अथवा आन्द्रा हुन्छ । मुखबाट सुरु भएर मलासय(गुद्धार) सम्मको लामो यात्राबाट हामीले खाएको खानेकुरा पचेर मलको रुपमा बाहिर निस्किन्छ । आन्द्रा अथवा पाचन नलीको माथिबाट तल खुम्चिदै जाने (पेरिस्टाल्टिक मोभमेन्ट) प्रकृया अनुसार नै मुखबाट खाएको खानेकुरा आन्द्रमा शोषण हुँदै मलाशयसम्म पुग्दछ । खानामा भएको आवश्यक तत्व सनो आन्द्रामा शोषण भए पनि धेरैजसो पानीको मात्रा भने ठूलो आन्द्रामा पुगेर शोषण हुने हुँदा आन्द्राका सबै भागको आ–आप्mनै महत्व हुन्छ । यसको अर्थ यो पनि हुन आउछ की ठूलो आन्द्राको काम पानी र केहि खनिजको शोषण हुनका लागी हो । त्यसैले पनि त्यहाँसम्म पुग्ने गरिको पानी पिउनु पर्ने हुन्छ । यदि हामीले खेत रोपेर पानी लगाएनौ भने खेत सुख्खा हुन्छ, फुट्छ, बाली राम्रो हुदैन् । त्यसरी नै ठुलो आन्द्रासम्म पुग्ने गरी पानी नपिएमा ठुलो आन्द्रा सुख्खा भएर मल पनि सुख्खा हुन पुग्छ । कारण ठूलो आन्द्राले निकाल्नु पर्ने चिप्लो पदार्थ निकाल्न नसकेर दिसा अथवा मल सजिलै मलासयसम्म ल्याउन सक्दैन र मलासय पनि सुख्खा भएका कारण मल बाहिर आउन सक्दैन् । मलासय र केहि माथी मल जम्मा भएर बस्छ । यसका कारण विरामीले अनेक खाले समस्या भोग्नु पर्छ ।

कब्जियत कुनै ठूलो रोग होइन । यसको आफैले पनि घरमै उपचार गर्न सकिन्छ । यसका लागी हामीमा उच्च मनोबल, व्यायाम, सादा खानेकुरा र अलिक वढी पानीको आवश्यकता पर्छ । हरेक दिन बिहान आधा देखि एक लिटरसम्म मनतातो पानी पिउने बानी बसाउनु पर्छ । घर वरीपरी नै भए पनि केहीबेर हिँडने बानी बसाउनु पर्छ । सौच अनिवार्य जाने बानी बसाउनै पर्छ । लाग्दैन भनेर नजाने गर्दा समस्या बढेर जाने हो । पानी पिएको आधा घण्टामा थोरै खाजा खाने बानी भए उत्तम यदि छैन भने पनि कालो चिया या ग्रिन टि पिउनु उत्तम हुन्छ । धेरै कब्जिययत हुनेले बिहान खाली पेटमा एउटा स्याउ खानु उत्तम हुन्छ । काम र व्यस्तता अनुसार खानाको समय एकै नहुन सक्छ । चाहे जे होस विहानको खाना ११ बजे सम्ममा खाइसक्नु राम्रो हो । बिहान खाली पेटमा दुध चिया हानिकारक हुन्छ । दिउसो हल्का नास्ता र बेलुका सके सुख्खा रोटी खानु अत्यन्तै राम्रो हो । त्यसमा पनि पेटका विरामी, कब्जियत हुने र पायल्सका विरामीलाई त धेरै राम्रो हो । दिनमा सकेको फलफुल, खानासँग सागपात, सलाद उचित हुन्छ । माछा मासु सकेसम्म बेलुकाको खानामा नखाएर बिहानको खानामा राम्रो हुन्छ ।
…………………………………………………………………………………………………………………………………
हामी मानिस स्वभावले नै साकाहारी प्राणी हौं । हाम्रो आन्द्राको बनोट पनि त्यही किसिमको र लामो हुन्छ । तर, पशुप्राणीको आन्द्रा छोटो हुन्छ । उनीहरुले खाएको खानेकुरा १२ घण्टामै पचेर गोबरको रुपमा बाहिर निस्किन्छ । तर, हामी मानिसको भने कम्तीमा १४ दखि ३० घण्टा लाग्छ । यता कुनै पनि वस्तु या मासु जन्य वस्तु कुहिन या सड्न १२ दखि २० घण्टा काफी हुन्छ । अझ गर्मीमा त ६ घण्टा नै काफी हुन्छ । यस्तो अवस्थामा हाम्रो शरीरमा रहेको तापक्रम पनि गर्मी बराबरकै हुने हुँदा खाएको खानेकुरा सड्न धेरै समय लाग्दैन् । परिणम शरीरभित्र नै दुर्गन्ध फैलिन थाल्छ । यस्तो वस्तुलाई चाडो बाहिर प्mयाक्नु पर्नेमा यदि आन्द्रामा नै रहिरहेमा के हुन सक्छ हामी आफै अनुमान लगाउन सक्छौ । त्यही ढिलो र लामो समयसम्म आन्द्रामा रहने हुँदा मल धेरै गनाउने भएको हो पशुको भन्दा ।
कारणहरु कब्जियत हुने धेरै कारणहरु हुन्छन् । मुख्य कारणहरुमा पहिलो त आफुले खाएको अनावश्यक खाना नै हो । अर्को कारण भनेको खानामा रहने या पाइने रेसा(फाइबर) को मात्रमा कमी । यसरी नै शारीरिक व्यायामको कमी, अनावश्यक चिन्ता, निद्राको कमी, विभिन्न औषधीको सेवन । अर्को महत्वपूर्ण कारण भनेको पानीको कमी अथवा थोरै पानी या झोल पदार्थको । दिनभर चिया पिउदै या चिसो पेय पदार्थ पिउदै एकै ठाउँमा बसेर काम गर्नु । यी लगायतका अन्य कारणहरु जस्तै समयमा चर्पी नजाने, लामो समयसम्म थामेर बस्ने, जति बेला पनि जाने तर बिहान बेलुका या घरमा हुने समयमा नजाने, धेरै समय यात्रामा विताउने, बजारमा बनेका(फास्ट फुड) को सेवनमा रमाउने जस्ता कारणबाट पनि कब्जियतको समस्या हुने गर्छ । यसरी नै खानामा माछा मासुको ज्यादा सेवन, सागपातको कमी, खुर्सानी, तेल र मसला या धेरै चिसो या तातो पेय पदार्थ अनि लामो समयसम्म उपवास जस्ता कारणबाट कब्जियत हुने गर्छ ।
कब्जियतबाट हुनसक्ने रोगहरु मुख्य रोगमा पायल्स या हर्सा र पेटका रोगहरु जसलाई हामी ग्याष्ट्रिक भनेर जान्ने गर्छौ । यसको अलावा हातखुट्टा पोल्ने झमझम गर्ने, निद्रा नलाग्ने, भोक नलाग्ने अनि जिउ पोल्ने र टाउको दुख्ने समस्या देखा पर्न सक्छन् । यसका साँथै अन्य रोग बढाउन पनि भूमिका खेलिरहेको हुन्छ । दम रोगलाई बढाउन पनि यसले भूमिका खेल्छ ।
उपचार कब्जियत कुनै ठूलो रोग होइन । यसको आफैले पनि घरमै उपचार गर्न सकिन्छ । यसका लागी हामीमा उच्च मनोबल, व्यायाम, सादा खानेकुरा र अलिक वढी पानीको आवश्यकता पर्छ । हरेक दिन बिहान आधा देखि एक लिटरसम्म मनतातो पानी पिउने बानी बसाउनु पर्छ । घर वरीपरी नै भए पनि केहीबेर हिँडने बानी बसाउनु पर्छ । सौच अनिवार्य जाने बानी बसाउनै पर्छ । लाग्दैन भनेर नजाने गर्दा समस्या बढेर जाने हो । पानी पिएको आधा घण्टामा थोरै खाजा खाने बानी भए उत्तम यदि छैन भने पनि कालो चिया या ग्रिन टि पिउनु उत्तम हुन्छ । धेरै कब्जिययत हुनेले बिहान खाली पेटमा एउटा स्याउ खानु उत्तम हुन्छ । काम र व्यस्तता अनुसार खानाको समय एकै नहुन सक्छ । चाहे जे होस विहानको खाना ११ बजे सम्ममा खाइसक्नु राम्रो हो । बिहान खाली पेटमा दुध चिया हानिकारक हुन्छ । दिउसो हल्का नास्ता र बेलुका सके सुख्खा रोटी खानु अत्यन्तै राम्रो हो । त्यसमा पनि पेटका विरामी, कब्जियत हुने र पायल्सका विरामीलाई त धेरै राम्रो हो । दिनमा सकेको फलफुल, खानासँग सागपात, सलाद उचित हुन्छ । माछा मासु सकेसम्म बेलुकाको खानामा नखाएर बिहानको खानामा राम्रो हुन्छ । चिल्लो, पिरो या माछा मासु खाएको केही घण्टापछि फलफुल खानु कब्जियत हुनबाट बच्ने उपाय हो । यसरी नै राती सुत्नुअघि, दुध या पानी पिउँनु हृदयघात र कब्जियतबाट बच्ने उत्तम उपाय हो । यसरी नै समस्या धेरै भए एकपटक कोलोनोस्कोपी गराएर आन्द्रामा पनि समस्या हुनसक्छ । यदि माथिका उपायहरुबाट पनि समस्या रही रहेमा होमियोप्याथिक या आयूवैदिक चिकित्साबाट समस्याको सामाधान खोज्न सकिन्छ । (लेखक,होमियोप्याथिक चिकित्सक हुन् । )