झापा, ८ कार्तिक ( एजेन्सी ) । बेलायतका प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्सले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ।
सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्।
लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट सुनक प्रधानमन्त्री बनेका हुन्।सुनक संसदको यो कार्यकालमा कन्जरभेटिभ पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने तेस्रो नेता हुन् ।
यसअघि कन्जर्भेटिभ पार्टीबाट पेनी मोर्डन्टले पनि प्रधानमन्त्रीको दौडमा दाबेदारी पेश गरेकी थिइन्। उनले अन्तिममा आफ्नो दाबेदारी फिर्ता लिएर सुनकलाई समर्थन गरेकी थिइन्। यस अघि बोरिस जोनसन र लिज ट्रस प्रधानमन्त्री बनेका थिए । यसअघि सेप्टेम्बर ६ मा ट्रसले दलको नेताको प्रतिष्पर्धामा सुनकलाई पराजित गर्दै प्रधानमन्त्री बनेपनि गलत आर्थिक नीतिका कारण ४४ दिनपछि नै राजीनामा दिएकी थिइन् । त्यसपछि सुनक कन्जरभेटिभ पार्टीको नेतामा एक मात्र दाबेदार बनेपछि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।