पाँचथर, ७ कार्तिक । आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ पाँचथरमा एकजनाको मृत्यु भएको छ। तुम्बेवा गाउँपालिका ३ बिजुली भन्ज्याङस्थित भित्री सडक खण्डमा मौवाबाट तुम्बेवा गैरिगाउँ जाँदै गरेको मोटरसाइकल पल्टँदा रणबहादुर सम्बाहाम्फेको मृत्यु भएको हो।
मे ७ प ५४९९ न को मोसा आफैँ अनियन्त्रित भई सडकबाट १६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।