
दमक,७ कार्तिक । झापा , शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगद सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् ।
हिजो राती ९ बजे तिर बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद रु १ लाख ७३ हजार ५ सय सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाहीका लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।