झापा, ५ कार्तिक । तिहार अर्थात वलीहाङ् तङ्नामका अवसर पारेर आज किरात याक्थुङ चुम्लुङ झापा शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
बिर्तामोडस्थित चुम्लुङ भवनमा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले लिम्बू याक्थुङ जातिको चाडहरु मध्ये बलिहाङ तङनाम पनि एक भएको चर्चा गर्दे यसलाई संस्कृतिमूलक ढंगले मनाउनु पर्ने औल्याए । उनीहरुले संस्कृति जगेर्ना गर्दे गाउँ,गाँउमा नाम्लिङगे–लारिङगे ( देउसी ) खेल्नु पर्ने उल्लेख गरे ।
चुम्लुङका संघीय सदस्य अमृत योङ्हाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा
जिल्ला सदस्यहरु, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कियाचु कनकाई नगर शाखा अध्यक्ष प्रेम फोम्बो, कियाचु अर्जुनधारा नगर शाखा अध्यक्ष तिलसिहं माङ्मु, कियाचु बाह्रदशी गाउँ शाखा अध्यक्ष केशरबहादुर लिवाङ लगायतका वालीहाङ तङनामको चर्चा गर्दे शुभकामना मन्तव्य राखेका थिए ।
कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बुको अध्यक्षतामा सम्पन्न वालीहाङ् तङ्नाम शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले सञ्चालन गरेका थिए । त्यस्तै, कार्यक्रममा चुम्लुङका जिल्ला उपाध्यक्ष कालीबहादुर लिवाङले स्वागत मन्तव्य राखेका थिए ।
यसैगरि चुम्लुङ झापाले वलीहाङ् तङ्नामका अवसरमा जिल्लाव्यापी देउँसीभैली कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको अध्यक्ष फियाकले बताएका छन् ।