मंगलबारेमा एकादशी दशैं मेला(फोटो फिचरसहित )

दमक,२६ असोज । दशैको अवसरमा विगतका बर्षमा झै यसवर्ष पनि झापाको कमल गाउँपालिका -५ स्थित मंगलवारे वजारमा शनिवार एकादशी मेला लागेको छ ।
टिकाको भोलिपल्ट एकादशीका दिन लाग्दैआएको यो जिल्लाकै एक पूरानो मेलाका रुपमा चिनिन्छ । करिव ३८ वर्षदेखि त्यहाँ दशैंका समयमा यसरीनै सांस्कृतिक मेला लाग्दैआएको छ ।
सगुन युवा क्लवसहित दुर्गा मन्दिर समिति , मंगलवारे वजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको मेलामा सन्थाल समुदायको लोपोन्मुख नृत्य आर्कषण रहेको थियो । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको मेलामा सन्थालको परम्परागत नृत्य आर्कषण रहेको थियो । मेलामा मनोरञ्जन प्रदान गर्ने नृत्य टोलीलाई कार्यक्रमका प्रमुख अतिथि राई, समाजसेवी ललित वान्तवा,मेलाका संयोजक रुपनारायण निरौला लगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।
क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेका अनुसार मेलामा झापा तीन वटा सन्थाल नृत्य टोलीलाई नगदसहित पुरस्कृत गरिएको थियो । मेला सम्पन्न गर्न विभिन्न दाता,शुभचिन्तकहरुले आर्थिक सहयोग पुरयाँएका थिए ।
क्लवले संस्थागत हितमा सहयोग जुटाउन दशैंका अवसर पारेर केहिदिनदेखि दैनिक साँझपख हाउजीविंगो तम्बोला समेत सञ्चालन गरिआएको क्लवका सचिव रोशन दाहालले बताए ।

Leave a Reply

Your email address will not be published.