दमक,२७ असोज । पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाले आफना बंशकैं गौरव अन्तराष्ट्रिय खेलाडी युकी आङदेम्बेलाई सम्मन गरेको छ ।
दमकको थ्रिइन होटलमा आज एक कार्यक्रम गरि पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाले एमएमए फाईटर (मिक्स मार्सल आर्ट ) का अन्तराष्ट्रिय खेलाडी युकीलाई दोसल्ला तथा सम्मान पत्रका साथ सम्मानित गरेको हो ।
दमक घर भई हाल उनी इन्डोनिशिया बस्दैआएका छन् । घर आएका अवसर पारेर उनको प्रतिभालाई प्रोत्साहन दिन त्यस्तो सम्मान प्रदान गरिएको पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाका अध्यक्ष सन्तवीर आङदेम्बेले बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यता तथा आङदेम्बे अगुवाहरुको उपस्थितिमा उनलाई सम्मान गरिएको हो । त्यस अवसरमा बक्ताहरुले आङदेम्बे वंशज मात्र नभएर उनको खेल प्रतिको योगदानलाई देशले नै प्रोत्साहन दिनुपर्ने औल्याए ।
युकीले विभिन्न अन्तराष्ट्रिय स्तरमा एमएए फाईटरमार्फत उत्कृष्ठ खेल प्रर्दशन गरिसकेका छन् । सोहि कार्यक्रममा पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भो दमक नगर समितिलाई कार्यालय भवन निर्माणका लागि २ कठठा बढी जग्गादान गर्ने समाजसेवी विरवहादुर आङदेम्बेसहित चार जना दाताहरुलाई सामूहिक रुपमा सम्मान प्रदान गरेको पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समिति झापाका सचिव जयश्वर आङदेम्बेले बताए ।
सो कार्यक्रममा सम्मानित युकीका बाजे,बोजु, आमा, पापोहाङ आङ्देम्बे सामाजिक कल्याण समितिका टेकबहादुर आङदेम्बे, पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भो दमकका अध्यक्ष कमल आङदेम्बे,थ्रिइन होटलका सञ्चालक कृष्ण आङदेम्बे लगायतको उपस्थिति रहेको थियो ।