कियाचु युएईको सातौँ महाधिवेशन, अध्यक्षमा पुनः लावती

युएई ,२२ असोज । किरात याक्थुङ चुम्लुङ (किचाचु ) युएईको सातौँ महाधिवेशनबाट अध्यक्षमा पुनः कमल लावती चुनिएका छन् । युएईको बरदुबाईस्थित सिन्ध पञ्जाब रेस्टुरेन्टको सभाहलमा ०८ अक्टुबरका दिन सम्पन्न महाधिबेशनले पुनः लावतीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बू, उपाध्यक्षमा गोबिन्द लुम्फुवा लिम्बू,द्वितीय उपाध्यक्षमा बिक्रम वजिहाङ् लिम्बू,महासचिवमा मनिषा सुब्बा ,सचिवमा बुद्ध लिङ्देन ,कोषाध्यक्षमा सृजना लावती,सह कोषाध्यक्षमा सन्तोष माङ्देन , प्रवक्तामा भिमा इधिङ्गो लिम्बू र साँस्कृतिक बिभाग प्रमुखमा सिता देवी इजम चुनिएका छन् ।
यसैगरि, कार्यसमिति सदस्यहरुमा यतिम हाङ् मेन्याङ्बो, दिनेश कुमार लिम्बू, मिना लिम्बू, सरु बेघा, राजु तुम्बापो लिम्बू, लक्ष्मीमाया लिम्बू , भारती सुब्बा ,दिलिपहाङ आङ्देम्बे लिम्बू,फत्तेबहादुर कुरुम्बाङ , सन्जा लिम्बू,संजय चोङ्बाङ, सबिता नाल्बो,जितेन्द्र लिम्बू, जमुना यक्सो र १५. नन्दकुमार यक्सो चुनिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव डिके किरातीको प्रमुख आतिथ्यता तथा संघीय लिम्बूवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको विशिष्ट आतिथ्यतामा भएको महाधिबेशन उद्घाटनमा कियाचु युएईकी महासचिव मनिषा सुब्बाले प्रस्तुत गरेकी सांगठानिक प्रतिवेदन र सचिव बुद्ध लिङ्देनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन संस्थाको बन्दसत्रले आवश्यक सुझावसहित पारित गरिएको थियो ।
महाधिबेशनमा नेपाल मगर संघ, किरात राई यायोक्खा, तमु समाज, ताप्लेजुङ् समाज, किरात धर्म तथा साहित्य उत्थान संघ, र थुपुको थेबे समाज जस्ता युएईमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
बन्द–सत्र कार्यक्रमको अध्यक्षता अधिवेशन समितिका संयोजक योगेश निङ्लेखुले गरेका थिए भने बिशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम पन्धाक रहेका थिए । बन्द–सत्र कार्यक्रमको सञ्चालन चुम्लुङका सल्लाहकार डम्बर लिबाङले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.