समिरले जन्मदिन बालबालिकाहरुसंग मनाए

दमक,२२ असोज । नेपाल विद्यार्थी संघ दमक नगर समितिका सचिव समिर तामाङ्गले आफनो जन्मदिन बालबालिकाहरुसंग मनाएका छन् ।आफनो जन्मदिनको अवसर पारेर उनले आज दमक ९ स्थित दमक बालआश्रमका बालबालिकाहरुलाई शैक्षिक, फलफूल तथा खाद्यान्न सामाग्री प्रदान गरेर जन्मदिन मनाएका हुन् । उनले ती सहयोगी सामाग्रीहरु आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेललाई हस्तान्तरण गरे । सो अवसरमा आश्रमकी अध्यक्ष चिमरियाले विद्यार्थी नेता समिरको जन्मोत्सवको यस किसिमको शैली प्रंशसनीय भएको बताईन् ।
सहयोगी सामाग्री हस्तान्तरण कार्यक्रममा नेविसंघका जिल्ला सचिव जितेन साम्पाङ्ग, सहसचिव आशिष लिम्बू,जिल्ला नेता नवराज ढकाल, नेविसंघका महाधिबेशन प्रतिनिधि शेसेहाङ थुलुङ,कांग्रेस क्षेत्रीय सदस्य ललित मगर लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.