पत्रकार सुब्बा विश्वासिलो साकोसद्धारा सम्मानित

दमक, १७ असोज । दमकका अग्रज पत्रकार विष्णु सुब्बा दमकको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाबाट सम्मानित भएका छन् ।संस्थाको शनिवार सम्पन्न १५औं वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा पत्रकार सुब्बासहित विभिन्न क्षेत्रमा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
सहकारीको क्षेत्रमा निरन्तर समाचार प्रवाह गरिआएका भन्दै पत्रकार सुव्वालाई नगद तथा सम्मानपत्र प्रदान गरिएको व्यवस्थापक दिनेश दाहालले बताए ।सहकारीले तीन वर्षदेखि आफनो साधारणसभाका अवसरमा एक जना सञ्चारकर्मीलाई सम्मान गरिआएको संस्थाले जनाएको छ । दमकलाई कर्मथलो बनाई आएका पत्रकार सुब्बा तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी प्रदेशवाणी डटकम अनलाईन न्यूज पोर्टलका सञ्चालक तथा सम्पादक हुन् ।
संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उत्कृष्ठ कर्मचारीका रुपमा वजार प्रतिनिधि रेनिशा चेम्जोङलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरि, संस्थाले बित्तीय कारोबारतर्फ विभिन्न बिद्याका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published.