लेटाङ ,१७ असोज । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको लेटाङमा दुई जना युवाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा झापा घर भएका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली र सोहि ठाँउका मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्देश नेपाली रहेका छन् ।
जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब १०ः३५ बजे लेटाङ नगरपालिका–९ स्थित हात्तीचोकको भित्री सडकखण्डमा दुर्घटनामा परेको मोरङ प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको खुलेको दुर्घटनाका कारण मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।
दुर्घटनामा गंभीर घाईते सवैलाई तत्काल उद्धार गरी उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पु¥याइएको थियो।
पनि गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। त्यहाँ दुवै घाईते नेपालीको उपचारकै क्रममा रातीनै मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली सोहि अस्पतालमा उपचार भइरहेको उनले बताए ।
मोटरसाइकलमा तीन जना सवार रहेको र दुर्घटना आफैँ अनियन्त्रित भएर भएको देखिए पनि घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।