शिवसताक्षी १ मा वाइसीएल गठन

झिलझिले,६ असोज । झापा शिवसताक्षी -१ मा नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल )को वडा कमिटी गठन भएको छ । आज वाइसीएलको सम्पन्न भएको वडा भेलाले आशिष घिमिरेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षहरुमा भुमिराज पोखेरल,मेघराज बस्नेत ,अर्जुन आङदेम्बे ,सचिवमा रुजन नेपाल, सह–सचिवमा बिबेक नेम्वाङ र कोषाध्यक्षमा पबित्रा लिम्बू चयन भएका छन् ।
त्यसैगरी सदस्यहरु अञ्चल तामाङ,आशिक बिसंखे,सुजन शर्मा ,रोशन घिमिरे ,प्रज्वल बस्नेत ,पवन आङदेम्बे,अन्कित बिक,पानतुम्याङ चेम्जोङ,अस्मिता राई,बिष्णु मन्डल, बिराङ नेम्बाङ,विशाल लिम्बु,गङा माझी ,योगेन्द्र खड्का ,प्रशान्त तामाङ,सुर्य नेम्वाङ,चेतनारायन श्रेष्ठ ,कुसल तिमिल्सिना ,करुणा तिमिल्सिना चयन भएका छन् ।
यसैगरि नेकपा माओवादी केन्द्रको १ नम्बर वार्ड पार्टी कार्यालय पनि सन्चालनमा आएको नगर अध्यक्ष महेन्द्र भट्टराई बताए । कार्यलय उदघाटनमा नेकपा माओवादी केन्द्रका झापा जिल्ला सह इन्चार्ज झलक सिंह दर्लामी ,जिल्ला संयोजक बिजय सम्पाङ,प्रदेश कमिटी सदस्य कल्पना कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लिम्बुवान, एमाले ,नेपाली काग्रेस छोडेर ३० जान माओवादी केन्द्रमा प्रवेश गरेकालाई प्रमुख अतिथि अतिथि दर्लामीले स्वागत गरेका थिए ।
शिवसताक्षी वडा न. १ का अध्यक्ष नेत्र नेम्बाङको अध्यक्षता तथा पार्टीका जिल्ला सहइन्चार्ज दर्लामीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रदेश सदस्य कल्पना कार्की, जिल्ला संयोजक बिजय साम्पङ ,जिल्ला सचिवालय सदस्य राम बहादुर राई ,नगर अध्यक्ष भट्टराई, जिल्ला अध्यक्ष दधिराम रिमाल जिल्ला बिभाग सदस्य ज्ञानेन्द्र तिमिल्सिना ,नगर कार्यलय सदस्य प्रेम यम्फु, नगर सचिवालय सदस्य सन्जय राई, दुर्गाप्रसाद नेम्बाङ ,वाइसिएल नगरअध्यक्ष इन्द्र नेउपाने उपाध्यक्ष जिएन लिम्बु, सचिव भुवन सेन्दाङ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.