लखनपुर खानेपानी निर्वाचन : अध्यक्षसहित १६ पदमा ४८ जनाको मनोनयन

दमक ,२२ भदौं । झापाको कमल गाउँपालिका –५स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षसहित विभिन्न १६ पदका लागि ४८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शनिवार भएको उम्मेदवारी मनोनयन कार्यक्रम अनुसार अध्यक्षमा राजकुमार न्यौपाने (राजु) ,डम्बरबहादुर निरौला,खेम गुरागाई, उषा भण्डारी र कृष्णबहादुर भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरि एक जना उपाध्यक्षमा गंगाप्रसाद पाण्डे, प्रमोदकुमार दाहाल, विनोद खरेल र दिनेश अधिकारी गरि चार जनाको उम्मेदवारी परेको छ । त्यस्तै,सचिवमा तीन जना यामप्रसाद सुब्बा, हरिप्रसाद घिमिरे र निधिरत्न अधिकारीको उम्मेदवारी परेको छ । यसैगरि, एक जना सहसचिवमा धनकुमारी राई,गोमा तिवारी र बिमला भटटराईको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार पाँच वटा क्षेत्र अन्तर्गत क्षेत्र न. १ बाट सदस्यहरुमा एनबी तामाङ,हेमराज कार्की, पुण्य खतिवडा, जानुका विष्ट, कमला गुरुङ राई क्षेत्र नं २ बाट इश्वरकुमार बुढाथोकी ,भिष्मप्रसाद सिटौला,निर्मला गजुरेल, सृजना ढकाल र लोविता राईको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ बाट निरवहादुर श्रेष्ठ,धनराज राई,कृष्णकुमार पाण्डे ,क्षेत्र न. ४ बाट दुर्गाप्रसाद पराजुली, बासुदेव चापागाई,प्रेमबहादुर कार्की, तिलमाया कार्की ,सावित्रा उप्रेती क्षेत्र न. ५ बाट नारायण निरौला,चन्द्रप्रसाद सुब्बा,टंकप्रसाद चम्लागाई,रामकुमारी कुरुम्बाङ र नैनकला सेढाईको उम्मेदवारी दर्ता भएको जनाईएको छ ।
विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म उम्मेवार मनोनयन अनुसार एक जना लेखा समितिको संयोजकमा धर्मानन्द भटटराई,पशुपति धिताल र युवराज कार्कीको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तय गरिएको उल्लेख छ ।
यसैगरि, दुई जना सदस्यमा सुरजकुमार कुमाल,देउप्रसाद राई, सावित्रा बस्नेत,मनिका राई,देवेन्द्रप्रसाद कुईकेलको उम्मेदवारी दर्ता भएको उल्लेख छ । उम्मेदवारी दर्ता उपर २३ भदौं आइतवार ४ वजेसम्म दावी विरोध ,उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ ।
खानेपानीको नयाँ नेतृत्वका लागि निर्वाचनमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस ,नेकपा एमालेले साना पार्टीसंग समिकरण बनाएर चुनावी मोर्चा बनाएका छन् । त्यसैगरि, हालकी अध्यक्ष उषा भण्डारी,स्वतन्त्रतर्फवाट कृष्णबहादुर भण्डारी र खेम गुरागाईले समेत उम्मेदवारी दिएका छन् । कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र , नेकपा एसबाट अध्यक्षमा युवा व्यत्तित्व राजकुमार न्यौपाने ९राजु० लाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
यता एमालेको नेतृत्वमा राप्रपा,जसपा नेपालवीच गठबन्धन गरि अध्यक्षमा डम्बरबहादुर निरौलालाई उम्मेदवार बनाएको छ । सो गठबन्धनले महिना दिनअघि नै उम्मेदवार घोषणा गरेको छ । अध्यक्षका प्रत्यासी मध्ये हालकी अध्यक्ष भण्डारी र कमल ५ का पूर्व वडाअध्यक्ष डम्बरबहादुर निरौलाको यसपटकको उम्मेदवारी भने प्रतिष्ठाको विषय बन्न पुगेको छ ।
खानेपानी उपभोक्ता समितिको १३ औ बार्षिक साधारणसभाले भदौ ३१ गते निर्वाचनको मिति तय गरेको छ ।
नयाँ नेतृत्वका लागि प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र अन्य स्वतन्त्रले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन् ।
निर्वाचन सम्पन्न गर्न कमल गाउँपालिकाका पशु शाखा प्रमुख दिपेन्द्र लामिछानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको द्धयसदस्यमा राजेन्द्रप्रसाद सुवेदी र मिरा भट्टराई रहेका छन् ।
कमलको वडा न. ५,६ र ७ (साविक लखनपुर ) र साविक तोपगाछी ४ का केहि उपभोक्ता गरि ४ हजार ९ सय घरधुरीसम्म खानेपानी वितरण हुदै आएको छ । जसअनुसार क्षेत्र न. १ मा ७५९ ,क्षेत्र न. २ मा ७६०, क्षेत्रन. ३ मा १९२ , क्षेत्र न ४ मा १०५० र क्षेत्र न. ५ मा ८०४ र संघसंस्थातर्फ ४२ जना मतदाताका रुपमा रहेको निर्वाचन समितिले जनाएको छ ।
खानेपानीको कुल मतदातायोग्य उपभोक्ताको संख्या भने ३ हजार ६ सय ११ रहेको छ ।

Leave a Reply

Your email address will not be published.