दमक, २२ भदौं । दमक -८ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समितिले सातौ साधारण सभा र ज्येष्ठ पिता सम्मान कार्यक्रम एकै साथ सम्पन्न गरेको छ ।
एभरेष्ट बोडिङ्ग स्कुलको सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा ८० बर्ष पुगेका दस जना ज्येष्ठ बुबाहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने ज्येष्ठ बुबाहरु रामप्रसाद अधिकारी, नरेश कुमार गिरी, बेनुप्रसाद चुडाल, कुलप्रसाद रिजाल, देवीप्रसाद अधिकारी, लक्ष्मीप्रसाद चम्लागाई , बिश्वनाथ दाहाल , उद्ववप्रसाद राई,मोहनप्रसाद प्रसाईं, धनेन्द्र बहादुर खडका रहेका थिए ।
यसरीनै उक्त कार्यक्रममा शाखा समिति दमक ८ लाई सहयोग पुर्याउने दाताहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने दाताहरु अर्जुकुमार श्रेष्ठ , ईन्दिरा प्याकुरेल ,लक्ष्मीप्रसाद श्रेष्ठ , फलिन्द्र बहादुर अधिकारी, सुनिता ढुङ्गाना र अर्जुनप्रसाद प्रसाईं रहेका थिए । सम्मानित हुने हरुलाई प्रमुख अतिथि दमक नगरपालिका वडा नं ८का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश ) , प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद पौडेल , प्रतिष्ठानका शाखा समिति दमक ८ का अध्यक्ष ओमप्रसाद खनालले सम्मान पत्र, दोसल्ला, टीका, खादा लगाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको सदस्यता लिने सदस्यहरुलाई आजीवन सदस्यको प्रमाण पत्र बितरण गरिएको थियो ।कार्यक्रम शाखा समिति दमक ८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव तारानाथ भट्टराईले गरेका थिए ।
कार्यक्रममा केन्दिय कार्यसमितिका सचिव जीवराज भट्टराई,सदस्यहरु त्रिलोचन रेग्मी,लक्ष्मीप्रसाद दाहाल,केन्द्रीय सल्लाहकार समितिका सह संयोजक डोयना दाहाल, लेखा समिति संयोजक कृष्णराज थापा,एभरेष्ट बोडिङ्ग स्कुलका प्रिन्सिपल कोषराज प्याकुरेल, कवि बिन्दु दाहाल मुकदर्शक लगायत शाखा समितिका पदाधिकारीहरु र आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।