लिम्बू भाषा पढ्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


दमक,२० भदौं ।
दमक- ७ मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक लिम्बू भाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई आज यहाँ शैक्षिक सामग्री वितरण गरिएको छ ।सामुदायिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुको मनोवल उच्च बनाउन प्रोत्साहन स्वरुप किरात याक्थुङ् चुम्लुङले शैक्षिक सामाग्री उपलव्ध गराएको हो ।
चुम्लुङले आफनो ३४ औं स्थापना दिवसको अवसर पारेर त्यहाँ अध्ययन गरिरहेका ९० जना विद्यार्थी छात्र, छात्राहरुलाई कपि, कलम तथा भाषिक पाठ्यपुस्तक लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको चुम्लुङ् जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले जनाए ।
ती शैक्षिक सामाग्री चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावती, कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, दमक ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, पृथ्वी मावि व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार थापा, पृथ्वी माविका प्रधानाध्यापक विष्णुकुमार राई लगायतले शैक्षिक सामग्री र लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक–१ का अध्यक्ष सेसेमी से–नाल्वोद्वारा लिखित लिम्बु भाषा वर्णमाला संयुक्त रुपमा वितरण गरेका थिए ।
शैक्षिक सामाग्री चुम्लुङ झापा , कियाचु दमक नगर शाखा र लिम्बु भाषा साहित्य प्रतिष्ठानको संयोजन वितरण गरिएको हो । पृथ्वी माविमा लिम्बू भाषा शिक्षक दिपेन्द्र सेलिङले पठनपाठन गराउदैआएका छन् । त्यस क्रममा शिक्षक सेलिङ्ले लिम्बु भाषा अध्ययन र विद्यार्थीहरुको चासोका विषयहरुको सन्दर्भमा प्रष्ट्याएका थिए भने कवि साङ्सेन पन्धाकले विद्यार्थीहरुलाई प्रोत्साहित गराउने ज्ञानगुण र सन्देशमूलक गजल र रुवाई प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.