फर्निचरमा आगलागी हुँदा ३० लाख बराबरको क्षति

गौरादह,१२ भदौं । झापाको गौरादह वडा न २ बजार लाइनमा सञ्चालित एक फर्निचर कारखानामा शनिवार मध्यरातमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षति भएको छ । आगजनीबाट कारखानामा रहेका फर्निचरहरु नष्ट हुन पुगेको थियो ।
स्थानीय मेडिम्याक्स अस्पतालको सामुन्ने रहेको फर्निचर व्यवसायी सुरेश तिवारीको फर्निचर कारखानामा शनिवार मध्यरातमा आगलागी भएको स्थानीयले जनाएका छन् ।
आगलागी भएको जानकारी प्राप्त भए लगत्तै गौरादह नगरपालिकाको वारुण यन्त्रले आगजनी नियन्त्रणमा लिएको बताइएको छ । बिद्युतको सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।

Leave a Reply

Your email address will not be published.