पिकअपको ठक्करबाट मोसा चालक मण्डलको मृत्यु

इटहरी,११ भदौ । सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । कोशी गाऊपालिका -३ जमुवा चोक स्थित पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय रामनाथ मण्डलको मृत्यू भएको हो ।
बिहिबार दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २ -०३ -००१ च ३००७ नम्बरको पिकअपले बिपरित दिशाबाट आउदै गरेको प्र २ -०१-००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडि सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा -९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.