कमल ,११ भदौं । किरात राई यायोक्खा कमल गाउँपालिका गाउँ समितिको अध्यक्षमा पुनः सन्तोष राई चुनिएका छन् । यायोक्खा कमलको मंगलवारे वजारस्थित रेडक्रस सभाहलमा शुक्रवार सम्पन्न दोश्रो अधिबेशनले पुनः राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
१६ सदस्यीय गठित समितिको उपाध्यक्षमा सेलिना राई, सचिवमा वुद्धिमान राई, सहसचिवमा दिवाकर राई र कोषाध्यक्षमा मनिका राई चुनिएका छन् ।
यसैगरि , सदस्यहरुमा काजीमान राई, कृष्णकुमार राई, सागर राई, सविता माङपाहाङ राई,सविता राई, विक्रम राई, पारुहाङ वान्तवा, उर्मिला राई, सन्जय राई,देउप्रकाश राई, नवराज राई, कमल राई लगायत चुनिएका छन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा यायोक्खा झापाकाअध्यक्ष इन्द्रमान चाम्लिङ , आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष बदी राई लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच यायोक्खा झापाको यहि भदौं १८, १९ गते काकड्भिटटामा हुने आठौ जिल्ला अधिबेशनको तयारी तीव्र पारिएको यायोक्खा प्रदेश १ का अध्यक्ष पारषमणि राईले जानकारी दिए ।