साहित्यकलाद्धारा मोती जयन्तीमा रचना वाचन

दमक, ११ भदौं । साहित्य कला सङ्गम दमकले मोती जयन्तीको अवसर पारेर १५७ ओे मोती जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रवार मेची सहकारीको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. गोपाल भण्डारीले मोतीरामको जीवनीको चर्चा गरेका थिए । करिव २८जना स्रष्ठा हरुले रचना वाचन गरेको उक्त कार्यक्रममा साहित्यकारहरु कृष्ण कश्यप,दिलिप घिमीरे,लक्ष्मी फुयाल,हरि पराजुली,खेम आर्चाय,विवश बलिभद्र कोईरालाले गजल वाचन गरेका थिए भने साहित्यकारहरु बिष्णु न्यौपाने, झाक्रिखोले ,बिन्दु दहाल,दुर्गा काफ्ले,ओम खनाल, गोपाल दाहाल लगायतका कविता वाचन गरेका थिए ।
साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथि कोमल प्रसाद पोख्रेल,अतिथिहरुमा जीवनाथ सुवेदी, मेघराज तिम्सिना, नरपथि पाण्डे लगायतले समेत मोत जयन्तीको सन्दर्भमा आफना बिचार ब्यक्त गरेको सङ्गमका कोषाध्यक्ष ओम प्रसाद खनालले बताए । कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका सचिव विवश बलिभद्र कोईरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.