प्रचण्डले धरानमा मेयर हर्कसँग मिलेर गरे वृक्षरोपण

धरान, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धरानका मेयर हर्क साम्पाङसँग मिलेर वृक्षरोपण गरेका छन् । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेर शुक्रवार प्रचण्डले वृक्षारोपणमा सहभागिता जनाएका हुन् ।
वृक्षारोपण पश्चात प्रचण्डले मेयर साम्पाङबाट धेरैले प्रेरणा लिन सकिने बताए । जनतासँग मिलेर काम गर्न पनि प्रचण्डले साम्पाङलाई सुझाव दिएका छन् । धरानस्थित सर्दु जलाधार क्षेत्रमा आयोजित बृक्षरोपण कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघा लगायत जनप्रतिनिधिहरु, कर्मचारी तथा स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.